अन्तर्राष्ट्रिय लागूऔषध दिवसको अवसर पारेर पालुङ जेसीजले लागुपदार्थ ओसार–पसार तथा दुर्व्यसनी बिरुद्ध सचेतता कार्यक्रम सम्पन्न गरेको छ । थाहाको ७ नम्बर वडामा रहेको सुन्दरीदेवी माबिमा कक्षा ९ र १० मा अध्यनरत विद्यार्थीहरुको लागि सचेतता कार्यक्रमको आयोजना गरेको हो।

लागूऔषधका प्रकार र लागू औषधको सेवनले मानव शरिरमा हुने असर, र यसको बेचबिखन तथा ओसार पसार गर्दा हुने कानुनी कारवाही सम्बन्धमा श्रव्य दृश्य सहित ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक श्याम थापा मगरले सहजीकरण गरेका थिए।

कार्यक्रम विद्यालयका प्रधानाध्यापक हरीकृष्ण कार्कीले स्वागत मन्तब्य राख्दै यो कार्यक्रम विद्यार्थीहरुका लागि लाभदायक हुने बताउँदै प्रशिक्षणमा सहभागी विद्यार्थीले अन्य विद्यार्थीहरुलाई समेत आफुले सिकेका कुरा सिकाउने विश्वास लिएको बताए ।

वडा न ७ का अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवराज थिङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पालुङ जेसीजका पुर्व अध्यक्ष जयराम खत्री लगायत जेसीज बर्ष २०२४ का पदाधिकारी हरुको उपस्थिति रहेको पालुङ जेसीजका अध्यक्ष निरज रायमाझीले जानकारी दिए।

पालिका प्रेस
थप जानकारी