मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले आफ्नो पालिका क्षेत्रका कतिजना विद्यार्थी एसइई परीक्षा, २०८० मा उतीर्ण भए त्यसको अभिलेख नै नभएको जनाएको छ । एसइई उतीर्ण सम्बन्धी अभिलेख पालिकासंग नभएको हेटौंडा उपमहानगरका अधिकृत सातौं, विद्यालय निरीक्षक रमेश विडारीले जानकारी दिए ।

विद्यालय निरीक्षक विडारीले भने–‘यो प्रश्न मलाई होइन शिक्षा समन्वय इकाइ मकवानपुरलाई सोध्नूपर्ने हो।’ उनले पालिका क्षेत्रमा कति जना विद्यार्थीले एसइई परीक्षा दिए त्यसको पनि अभिलेख नभएको बताए । अन्य पालिकाले त अभिलेख राखी जानकारी दिए नि ? भन्ने संवाददाताको प्रश्नमा उनले जवाफ लाउँदै भने–‘अरु सबै पालिकाको जति स्कूल हाम्रो पालिकामा मात्रै छ कसरी आउँछ डाटा ?’ उनले तथ्याङ्क संकलन भएपछि जानकारी गराउने आश्वासन दिए ।

परीक्षाफल प्रकाशित भएको एक दिन बितिसक्दा पनि हेटौंडा उपमहानगरपालिकासंग अझै तथ्याङ्क तयार भएको छैन । संविधानको अनुसूची ८ मा स्थानीय तहको अधिकार सूचीमा आधारभूत र माध्यमिक शिक्षासम्बन्धी व्यवस्था रहेको छ । त्यस्तै पालिकाको काम कर्तव्य उल्लेख गर्दै स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (च) मा स्थानीय तथ्याङ्क र अभिलेख संकलन सम्बन्धी व्यवस्था छ ।

पालिका प्रेस
थप जानकारी