त्रिज्योति माध्यमिक विद्यालय कपनले आयोजना गरेको चौथो इन्डो–नेपाल गोजुरियो कराँते प्रतियोगितामा थाहाको गोजुरियो डोजोले २ स्वर्ण सहित ६ वटा पदक हात पारेको छ ।

डोजोका प्रशिक्षक मानसिंह दोङका अनुसार–‘थाहाबाट प्रतियोगितामा सहभागी खेलाडी सन्जिता गोलेले ४५ किलो तौल समुहमा स्वर्ण,५५ किलो तौल समुहमा शन्तराम अधिकारीले स्वर्ण पदक सहित ६० किलोमा सुमन घिमिरेले रजत तथा आशा तामाङ ५० किलोमा कास्य, प्रमिला थोकर ५५ किलोमा कास्य र सन्तोष गोपाली ५० किलो तौल समुहमा कास्य पदक हात पार्न सफल भएका छन् ।’

प्रतियोगितामा ७ वटा विद्यालय र ३ वटा डोजोको १ सय ५३ खेलाडिको सहभागिता रहेको थियो।

पालिका प्रेस
थप जानकारी