मकवानपुर थाहा नगरपालिकाका विद्यालयहरुको एसइई परीक्षामा २७.६६ प्रतिशत परीक्षार्थी उतीर्ण भएका छन् । २०८० को एसइई परीक्षामा थाहा नगरपालिकाका विभिन्न १७ विद्यालयबाट ५ सय ३५ परीक्षार्थीले परीक्षा दिएकोमा १ सय ४८ परीक्षार्थी मात्र उतीर्ण भएका छन् ।

नतिजा अनुसार सबैभन्दा बढि पालुङ इङ्लिस आवासिय विद्यालयबाट ८१.८२ प्रतिशत विद्यार्थी उतीर्ण भएका छन् । दोस्रोमा सरस्वती विद्या मन्दिर बज्रवाराहीबाट ७० प्रतिशत विद्यार्थी उतीर्ण भएका छन् । सामुदायिकतर्फ सबैभन्दा बढि नाट्यश्वर माविबाट ४५.४५ प्रतिशत विद्यार्थी उतीर्ण भएका छन् । नगरमै सबैभन्दा कम विद्यार्थी उतीर्ण मत्स्यनारायण माविको भएको छ । मत्स्यनारायणबाट ८.३३ प्रतिशत परीक्षार्थी उतीर्ण भएकाछन् ।

नगरमै सबैभन्दा बढि ७७ जना विद्यार्थी एसइई परीक्षामा सहभागी गराउने जनकल्याणा माविबाट ९ जना मात्र उतीर्ण भएका छन् । सबैभन्दा कम पालुङ मोडर्न इङ्लिस स्कूलले ५ जना सहभागी गराएकोमा २ जना उतीर्ण भएका छन् ।

हेर्नुहोस् विद्यालय अनुसारको नतिजाः

 

पालिका प्रेस
थप जानकारी