मकवानपुरको थाहा नगरपालिका वडा नंम्बर ६ बज्रबाराहीबाट लागूऔषधसहित प्रहरीले दुई जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाण्डौ चन्द्रागिरी नगरपालिका वडा. नम्बर ८ मातातिर्थ बस्ने बर्ष ३० को अरबिन खरेल र कैलाली टिकापुर नगरपालिका–६ बस्ने बर्ष २७ को अंकित अधिकारी रहेका छन् ।

उनीहरुलाई लागूऔषध नाईट्रोभेट २२ पत्तासहित पक्राउ गरेको ईलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । प्रहरीका अनुसार, बज्रवाराही सडकखण्डमा काठमाण्डौतर्फ जाँदै गरेको बा.प्र.०६–०१ प ३७६६ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई चेकजाँच गर्दा सो परिमाणको लागूऔषध बरामद भएपछि निजहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान साथै कानूनी प्रकृया अगाडि बढाइएको ईलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।

पालिका प्रेस
थप जानकारी