अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८१ स्थानीय तहका विभिन्न व्यक्तिविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको छ । जसमा मकवानपुरको मनहरी गाउँपालिका पनि परेको छ । आर्थिक वर्ष २०८०/८१ मा अख्तियारले ८१ स्थानीय तहका तत्कालीन अध्यक्ष, उपाध्यक्ष, मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, निमित्त प्रमुख प्रशासकीय अधिकृत, प्रशासन सहायक, वडाध्यक्ष, सव–इन्जिनियरसहितका पदमा कार्यर तलाई अख्तियारले मुद्दा चलाएको जानकारी दिएको हो ।
जसमा गैर कानुनी लाभ हानी, घुस रिसवत, प्रतिकूल बकपत्र गरेको, राजश्व चुहावटसहितका कसुरहरु मुद्दामा समावेश छन् । मनहरी गाउँपालिकाको तत्कालीन प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईंसहित तीन जनालाई आर्थिक वर्ष २०८०/८१ मा अख्तियारले मुद्दा चलाएको उल्लेख छ । उनीहरुविरुद्ध अख्तियारले गैरकानुनी लाभ हानी शीर्षक अन्तर्गत् ३२ जेठ २०८१ मा विशेष अदालतमा अरोपपत्र दायर भएको अख्तियारले जनाएको छ । अख्तियारल तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित थप दुई जनाको नाम भने उल्लेख गरेको छैन । अख्तियारले सबै स्थानीय तहका गरेर ४ सय ३४ जनाविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा चलाएको हो ।
आर्थिक वर्ष सकिएलगत्तै स्थानीय तहविरुद्ध चलेका मुद्दाको एकीकृत विवरण आयोगले मंगलवार सार्वजनिक गरेको हो । जसको पहिलो नम्बरमा २०८० साउन ७ मा ओखलढुंगाको सिद्धिचरण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहित १० जनादेखि लिएर अन्तिम तथा ८१ औँ नम्बरमा हुम्लाको सर्केगाड गाउँपालिका तत्कालीन अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृत सहित ९ जना विरुद्ध मुद्दा चलाएको छ । जसमध्ये सबैभन्दा बढी सिरहाको नवराजपुर गाउँपालिका अध्यक्ष विश्वमोहनप्रसाद यादव, उपाध्यक्ष शोभाकुमारी यादव र प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैतसहित १४ जना विरुद्ध मुद्दा चलेको छ । दोस्रोमा रोल्पाको गंगादेवी गाउँपालिकाका उपाध्यक्ष रीता घर्ती र प्रमुख प्रशासकीय अधिकृत सकलदेव यादव सहित १३ जना र सुर्खेतको भेरीगंगा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पौडेल सहित १३ जना विरुद्ध नै मुद्दा चलेको छ । कतिपय स्थानीय तहमा काम गर्न नसकेका कारण पनि अख्तियार दुरुपयोग भएको पाइएको छ ।

















































पालिका प्रेस 








प्रतिक्रिया दिनुहोस्