नेपाल मौसम विज्ञान विभाग तथा मौसम पूर्वानुमान महाशाखाबाट प्राप्त सूचनाअनुसार ८, ९, १० र ११ असोजमा निरन्तर वर्षा हुने सम्भावना रहेकाले थाहा खानेपानी तथा सरसफाइ व्यवस्थापन बोर्डले उपभोक्तालाई खानेपानीको गुणस्तर तथा पूर्वाधार सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेको छ । बोर्डले सार्वजनिक सूचना जारी गर्दै वर्षाका कारण खानेपानीका मुहान धमिलो भई धारामा धमिलो पानी आउन सक्ने जनाएको छ ।
त्यस्तै, मुहानदेखि घरघरसमम्म बिछ्याइएको पाइपलाइनमा बाढी तथा पहिरोका कारण क्षति पुग्दा खानेपानी आपूर्तिमा आंशिक अवरोध आउन सक्ने भएकाले उपभोक्तालाई सचेत रहन आग्रह गरिएको छ । बोर्डले वर्षाका बेला खानेपानी उमालेर मात्र पिउन, पानीको अवस्था हेरेर सावधानी अपनाउन तथा खानेपानी पूर्वाधारमा कुनै क्षति वा समस्या देखिएमा तत्काल बोर्डलाई जानकारी गराउन अनुरोध गरेको छ ।
बोर्डले सार्वजनिक गरेको सूचनामा वर्षाका बेला ध्यान दिनुपर्ने पाँच प्रमुख विषयसमेत उल्लेख गरिएको छ । जसअनुसार मुहानको पानी धमिलो हुन सक्ने, बाढी–पहिरोका कारण पाइपलाइनमा क्षति पुग्न सक्ने, पानी उमालेर मात्र पिउनुपर्ने, खानेपानी संरचनामा क्षति भए तत्काल खबर गर्नुपर्ने र पूर्वाधारको संरक्षण गर्नुपर्ने विषयमा उपभोक्तालाई सचेत गराइएको हो ।
विशेषगरी वर्षाको समयमा मुहानको पानीमा धमिलोपन बढ्न सक्ने भएकाले त्यस्तो पानी सिधै उपभोग नगरी राम्ररी उमालेर मात्र पिउन बोर्डले आग्रह गरेको छ ।













































पालिका प्रेस 











प्रतिक्रिया दिनुहोस्