संघीय सरकारले देशभरका शिक्षकको तलब भत्ता मासिक रुपमा उपलब्ध गराउन पालिकाहरुलाई निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पत्राचारअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका पालिकाहरुलाई पत्र पठाएर शिक्षकको तलब मासिक रूपमा उपलब्ध गराउन निर्देशन दिएको हो ।

प्रचलित कानुनले कुनै शिक्षकले तलब भत्ता रोक्का राख्ने व्यवस्था गरेको अवस्थाबाहेक शिक्षकलाई मासिक रुपमा तलब भत्ता उपलब्ध गराउन मन्त्रालयले देशभर ७ सय ५३ स्थानीय तहलाई निर्देशन दिएको हो ।