मकवानपुरको हेटौँडा उपमहानगरपालिकाका ५ जना वडा सचिवको सरुवा भएको छ । सरुवा भएकाहरुमध्ये तीन जना अधिकृत सातौँ तहको र दुई जना छैठौं तहका रहेका छन् । हेटौंडा वडा नम्बर २, ३, ७, १६ र १९ का सचिवहरुको सरुवा भएको हो । यसअघि राजस्व व्यवस्थापन शाखामा कार्यरत अधिकतृ छैठांै शिक्षा विष्टलाई २ नम्बर वडाको सचिवमा सरुवा गरिएको छ । अमोद प्रसाद मैनाली २ नम्बर वडाबाट सरुवा भएर १६ नम्बर वडामा सरुवा भएकाछन् ।
यसैगरी ३ नम्बर वडाका यसअघिका सचिव सन्ध्या न्यौपाने सरुवा भएर १५ नम्बरमा सहायकको रुपमा गएपछि केदार दहालले वडा २ को निमित्त सचिवको जिम्मेवारी पाउनु पाएका छन् । ७ नम्बर वडाका यसअघिका सचिव अधिकृत सातौँ भैरवबहादुर कुमाल सरुवा भएर पशुपंक्षी विकास शाखामा गएपछि उक्त वडामा पहिलादेखि सहायकको रुपमा कार्यरत रोजिना सापकोटा (अधिकृत छैठौं) ले सचिवको जिम्मेवारी पाएकी छिन् । १९ नम्बर वडाका सचिव दिपेन्द्र ढकाल (अधिकतृ सातौं) सरुवा भएर उद्योग, वाणिज्य, पर्यटन तथा सहकारी नियमन शाखामा सरुवा भएकाछन् ।
योजना शाखाबाट शर्मिला पौडेल (अधिकृत छैठौं) लाई सचिवको जिम्मेवारी पाएकी छिन् । यसअघि १६ नम्बर वडामा सचिवको जिम्मेवारी सम्हालेकी दुर्गा प्रसाद न्यौपाने (अधिकृत सातौँ) उपमहानगरपालिकाको राजस्व व्यवस्थापन शाखामा सरुवा भएकी छिन् । सम्बन्धित कर्मचारीहरु दिएको निवेदनको आधारमा आवश्यकता अनुसार सरुवा गरिएको हेटौँडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर वलीले जानकारी दिए ।














































पालिका प्रेस 








प्रतिक्रिया दिनुहोस्