मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ । मकवानपुर निर्वाचन क्षेत्र नम्बर दुईबाट निर्वाचिन सांसद प्रशान्त उप्रेतीले यो विषय प्रतिनिधिसभामा उठाएका हुन् ।

‘हेलो, हेलो । आवाज आइराख्या छ ?’ भनेर फोन गर्दा हरेक पटक भन्नुपर्ने अवस्था थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदी लगायतका क्षेत्रका नागरिकले भन्नुपर्ने अवस्था रहेको भनेर सरकारको ध्यानाकर्षण गरेका हुन् । विश्वले फाईभजी, सिक्सजीको परीक्षण गरिरहेका छन् । एआईको विकासको बारेमा, सुरक्षा र खतराको विषयमा चर्चा भइराख्दा नेपालीहरू भने अझै पनि गुणस्तरीय टेलिफोन सेवाबाट बन्चित छन् ।

विदेशमा रहेका आफन्तसँग कुरा गर्न समेत सहज अवस्था नरहेको भनेर उनले यसलाई दुःखद भनेका छन् । यो विषयमा सूचना तथा संचार मन्त्रालयले ध्यान दिनुपर्ने सांसद उप्रेतीको आग्रह छ ।

पालिका प्रेस
थप जानकारी