भोटेकोशीमा आएको बाढीका पीडित र प्रभावितको राहत, पुनस्र्थापना र उपचारका लागि नेकपा एमाले मनहरी गाउँपालिका कमिटीले एकलाख रुपैयाँ सहयोग गर्ने भएको छ । मनहरी गाउँपालिका सचिवालय कमिटीले यस्तो निर्णय गरेको हो ।

एमालेले मनहरीमा रहेका आफ्ना नेता, कार्यकर्ता तथा शुभेच्छुकहरुसँग सहयोग संकलन गरी एकलाख रुपियाँ पु¥याउन लागेको हो । इच्छुक व्यक्तिहरुले न्यूनतम एकहजार रुपियाँका दरले रकम संकलन गरेर पार्टीलाई बुझाएको र पार्टीले उचित ढंगले रकम हस्तान्तरण गर्ने गाउँ कमिटी अध्यक्ष नवीन सुवेदीले बताए । ‘हामीले आफ्नै कार्यकर्ता पंक्तिबाट रकम संकलन गरेका छौं’, अध्यक्ष सुवेदीले भने,‘हामीले न्यूनतम एकलाख रुपियाँ बाढीपीडित क्षेत्रमा पु¥याउने योजना बनाएका छौं ।’ उनका अनुसार बाढी पीडितको राहत तथा उद्धारका लागि नुवाकोट, रसुवातर्फका स्थानीय तह र पार्टीको प्रदेश कमिटी तहका नेताहरुसँग समन्वय भइरहेको छ ।

केही दिनमै रकम सम्बन्धित क्षेत्रमा पठाउने गरी काम भइरहेको अध्यक्ष सुवेदीले बताए ।

पालिका प्रेस
थप जानकारी