नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्रभक्त श्रेष्ठ निर्वाचित भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ७ असोजमा जेसीज हलमा भएको थाहा नगर अधिवेशनले श्रेष्ठको नेतृत्वमा ३४ सदस्यीय नगर कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
नगर नेतृत्व चयनका क्रममा सहमतिको प्रयास गर्दै सभापतिसहित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू सर्वसम्मत चयन भएको काँग्रेस थाहानगरले जनाएको छ । अधिवेशनबाट उपसभापतिमा सुरेश लामिछाने, महिला उपसभापतिमा इन्दिरा गोपाली, सचिवमा बिर्जुलाल थिङ र सहसचिवमा विजय मल्ल सर्वसम्मत चयन भएका छन्।

नवनिर्वाचित कार्यसमितिलाई नेपाली कांग्रेसका निवर्तमान नगर सभापति प्रमोदकृष्ण जोशी तथा केन्द्रीय सदस्य जयराम लामिछानेले शुभकामना तथा बधाई दिएका थिए। अधिवेशनमा नेपाली कांग्रेस मकवानपुरका जिल्ला सदस्यहरू नवराज लामा, सुनमाया भोम्जन, भीमबहादुर भोम्जन, क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति खड्गबहादुर गोपालीलगायत नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।
सहमतिको माध्यमबाट नगर कार्यसमिति चयन भएसँगै थाहा नगर कांग्रेसले नयाँ नेतृत्व पाएको छ।
















































पालिका प्रेस 










प्रतिक्रिया दिनुहोस्