मकवानपुरको थाहा नगरपालिकाले असार ७ गते सार्वजनिक बिदा दिने भएको छ । असार ५ गते शुक्रबार बसेको नगर कार्यपालिकाको बैठकले असार ७ मा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरज पौडेलका अनुसार रूपचन्द्र विष्टको स्मृतिमा नगरपालिकाभरि सार्वजनिक बिदा दिने निर्णय भएको हो ।

कार्यपालिका बैठकको निर्णयअनुसार उक्त दिन थाहा नगरपालिकाका वडा कार्यालय तथा सार्वजनिक सङ्घ संस्था र विद्यालयहरू बन्द रहने छन् ।

 

पालिका प्रेस
थप जानकारी