नेकपा एमाले, मकवानपुर जिल्ला कमिटी र हेटौँडा उपमहानगरपालिकाको अन्तिम लेखा परिक्षण गरिएको छ । अन्तिम लेखा परिक्षण गर्नु अघि जिल्ला र नगरका लेखा कमिटीले आन्तरिक लेखापरिक्षण गरेको थियो । केन्द्रीय लेखा आयोगका सदस्यहरू शान्ति पाख्रिन, नवीन सिग्देल र डिल्लीध्वज बराईलीले अन्तिम लेखा परिक्षण गरेका हुन्।
लेखा परिक्षण प्रतिवेदन केन्द्रीय लेखा आयोगले मकवानपुर जिल्ला कमिटीको कावा जिल्ला अध्यक्ष हिदम लामा र हेटौँडा नगरको लेखा परिक्षण प्रतिवेदन उपाध्यक्ष राजकुमार बाँस्तोलालाई हस्तान्तरण गरिएको हो । लेखा परिक्षण प्रतिवेदन हस्तान्तरण गर्दै केन्द्रीय लेखा आयोगका सदस्य शान्ति पाख्रिनले पार्टी केन्द्रीय लेखा आयोगले प्रदेश, जिल्ला र पालिका सम्मको लेखा परिक्षण गर्ने व्यवस्था रहेको बताए । परिक्षणको क्रममा लेखाको दोहोरो लेखा प्रणाली अनुसार व्यवस्थित हरहिसाव राखिएको, आम्दानीमा पारदर्शी र खर्च मितव्ययी रहेको बताउँदै थप व्यवस्थित बनाउन केही सुझावहरू दिँदै केन्द्रीय लेखा आयोगको तर्फबाट लेखा परिक्षणमा सहयोग गर्नुहुने सबैलाई आयोगको तर्फबाट धन्यवाद दिए ।

मकवानपुर जिल्लामा विगतदेखि नै लेखाको नियम अनुसार हरहिसाव व्यवस्थित गर्दै लेखा परिक्षण नियमित गर्दै आईरहेको केन्द्रीय लेखा आयोग सदस्य नवीन सिग्देलले बताए । बाग्मती प्रदेश मातहतको १० जिल्लाहरूमा मकवानपुर र पालिकामा हेटौँडा उपमहानगरबाट लेखा परिक्षण शुरू भएको र पहिलो रहेको बताए । उनले अन्य जिल्ला र पालिकाहरूमा मंसिर मसान्तसम्म लेखा परिक्षण गरिसक्ने जानकारी दिए । मकवानपुर जिल्ला कै राजनीति दलमा पार्टीको आन्तरीक हरहिसाव व्यवस्थित र पारदर्शी राख्ने पार्टी पहिलो एमाले भएको समेत आयोगका सदस्य सिग्देलले बताए ।
लेखा परिक्षण प्रतिवेदन हस्तान्तरण केन्द्रीय सदस्य तथा मकवानपुर ईञ्चार्ज रामेश्वर राना, केन्द्रीय सदस्य महेकुमार बर्तौला, प्रदेश कमिटी सदस्य बलराम बल, जिल्ला कमिटी र उपहानगरपालिकाको पदाधिकारीहरूलगायतको उपस्थिति गरिएको थियो । लेखा परिक्षण प्रदेश लेखा कमिटीका अध्यक्ष श्यामकृष्ण श्रेष्ठ र प्रदेश कमिटी कार्यालय सचिव घनश्याम श्रेष्ठले लेखा परिक्षणमा प्राविधिक सहयोग रहेको थियो ।














































पालिका प्रेस 









प्रतिक्रिया दिनुहोस्