नेकपा (एमाले) का युवा नेता तथा मकवानपुर क्षेत्र नम्बर २ का उम्मेदवार महेश कुमार बर्तौला इन्द्रसरोवर गाउँपालिकामा आफ्नो अघिल्लो कार्यकालमा क्षेत्रको विकास र नीति निर्माणमा खेलेको भूमिका स्मरण गराउँदै अधुरा काम पूरा गर्न मतदाताको साथको अपेक्षा गर्नुहुँदै मतदातासँग भेटघाटमा व्यस्त छन् । भेटघाटका क्रममा उनले अघिल्लो कार्यकालमा जनताको पक्षमा आवाज उठाएको भन्दै बाँकी योजनाहरू पूर्ण गर्न यसपटक पनि तपाईंहरूको साथ खोजेका छन् ।

भेटघाटका स्थानीयवासीहरूले बर्तौलाप्रति सकारात्मक संकेत देखाइरहेका छन् । स्थानीय मतदाताहरूले बर्तौलालाई निरन्तर जनताको बीचमा रहने र संसदमा स्थानीय एजेन्डा अघि बढाउने नेता भनेका छन् । स्थानीय अगुवा धनवीर स्याङतानले कतिपय नेताहरू चुनावका बेला मात्रै गाउँमा आउने, तर बर्तौला सधैं उपस्थित रहने हुँदा पनि उनलाइ नै रोज्ने बताए । मतदाताहरूले स्थानीय विकाससम्बन्धी विभिन्न मागहरू पनि राखेका छन । २९ वर्षीय मनोज तामाङले सडक पूर्वाधार सुधारका लागि बजेट व्यवस्थापन गर्न सुझाव दिए, भने–‘६७ वर्षीय सन्तमान लामाले आफूहरू पुराना मतदाता भएको र यसपटक पनि ‘सूर्य’ चिन्हमा मतदान गर्ने बताए ।

भेटघाटका क्रममा नयाँ गाउँका जितबहादुर घिसिङले बालबालिकाको शिक्षाको पहुँच सुनिश्चित गर्न गाउँमै विद्यालय निर्माणको माग राखे । यस विषयमा गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । इन्द्रसरोवर–५ की नमिता विश्वकर्माले महिलाहरूको आर्थिक स्थिति सुधार्न उद्यमशीलता कार्यक्रम सञ्चालन गर्नु पर्नेमा जोड दिइन् ।

भेटघाटका क्रममा समानुपातिक उम्मेदवार मेम्बर लो तामाङले एमाले अझै सुदृढ रहेको र कार्यकर्ता पङ्क्ति सचेत रहेको दाबी गरे । भेटघाटमा प्रदेश कमिटी सदस्य नारायण रिजाल, जिल्ला सदस्य बुद्धिराम डिम्डुङ, युवा संघका केन्द्रीय सदस्य राजन लामा, गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनी, पार्टी गाउँपालिका अध्यक्ष चिरञ्जीवी पौडेल र सचिव राजु बस्नेतलगायतको उपस्थिती रहेको निर्वाचन फोकल पर्सन आशिष अस्लामीले बताए ।

















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्