नेपाली काँग्रेस मकवानपुर–२ ले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन केन्द्रित भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । काँग्रेसले थाहा नगरपालिकाको थाना बजार स्थित एक हलमा २० माघमा क्रियाशील सदस्यहरुबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको हो ।
मकवानपुर–२ का नेपाली काँग्रेस उम्मेद्वार बुद्ध लामाको उपस्थितमिा भएको कार्यक्रममा समानुपातिक उम्मेदवार सर्मिला श्रेष्ठ, नेपाली काँग्रेस केन्द्रिय सदस्य जयराम लामिछाने, काँग्रेस थाहानगर सभापति प्रमोदकृष्ण जोशी, थाहानगरका उपप्रमुख भरत गोपाली, विक्रम गोपाली लगायत नगर तथा वडा समितिका पदाअधिकारीहरुको उपस्थिती रहेको थियो । भेलामा आफ्नो उम्मेदवारलाई विजयी गराउनका लागि पार्टीका सबै तहका नेता तथा कार्यकर्ता एक हुनका लागि आग्रह गरिएको छ ।

कार्यक्रममा चुनाब सम्बन्धी विभिन्न रणनीति तथा निर्वाचन मार्फत आफ्नो पार्टीको पक्षमा मतदान गराउने माहोल बनाउने विषयमा पनि छलफल भएको थियो ।

















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्