सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘विदेशबाट सिटी आयो, दसैँ तिहारलाई गोल्डेन बनायो’ योजनाअन्तर्गत मेगा बम्पर उपहार विजेताको नाम घोषणा गरेको छ। विद्युतीय प्रणालीद्वारा विजेता छनोट गर्दा साउदी अरबबाट रेमिट्यान्स पठाएका जीवन रायमाझीले ५ तोला सुन जितेका छन्।

सिटी एक्सप्रेसले गत भदौ १५ गतेदेखि ६३ दिनसम्मका लागि यो योजना ल्याएको थियो। जसअन्तर्गत यसअघि लक्की ड्रमार्फत  हरेक महिना एक जनाले एक तोला सुन, हरेक हप्ता एक जनाले १० तोला चाँदी जितेका थिए।

त्यस्तै योजना अवधिभर हरेक दिन १६ जनाले गिफ्ट ह्याम्पर पाएका छन्। सिटी एक्सप्रेसका अनुसार हालसम्म कुल एक हजार ८ जनाले दैनिक उपहार, नौ जनाले साप्ताहिक उपहारमा १०/१० तोला चाँंदी र दुई जनाले मासिक उपहार १/१ तोला सुन जितेका छन्।

पालिका प्रेस
थप जानकारी