मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ को (२) बाट नेकपा एमालेका एकालाल श्रेष्ठ विजयी भएका छन् । निकटतम प्रतिद्वन्दी गठबन्धनबाट उम्मेदवार आनन्दराम पराजुलीलाई ८ सय ७३ मतले हराउनुहुँदै श्रेष्ठ प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् ।

श्रेष्ठले १४ हजार २ सय २५ मत प्राप्त गरे । यस्तै पराजुलीले १३ हजार ३ सय ५२ मत प्राप्त गरे । राप्रपाका गुन्जन बहादुर न्यौपानेले १२ हजार ५ सय ७७ मत प्राप्त गरे । नेकपा एमाले मकवानपुर जिल्ला कमिटीका अध्यक्ष श्रेष्ठ मकवानपुरमा पहिलोपल्ट प्रदेश सभामा निर्वाचित हुनुभएको हो । यस क्षेत्रमा ४५ हजार २ सय ५६ मत खसेको थियो ।

पालिका प्रेस
थप जानकारी