आगलागी भई घर पूर्णरुपमा क्षति भएका हेटौंडा–६, रामनगरका आत्मलाल चौलागाईंलाई हेटौंडा उपमहानगरपालकिाले खाद्यान्न सहयोग गरेको छ ।

४ वैशाखमा विद्युतको तार सर्ट भई चौलागाईंको घर पूर्णरुपमा क्षति भएको थियो । बुधबार हेटौंडा उपमहानगपालकिाका उपप्रमुख राजेश बानयिाँ खाद्यान्न सामग्री सहित आगलागी पीडित चौलागाईंको घरमा पुगेका थिए ।

आगोले पूर्णरुपमा क्षति भएको घरको निरीक्षण गर्दै उपप्रमुख बानियाँले क्षति भएको घरको पुनर्निर्माणमा उपमहानगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उपप्रमुख बानियाँले चामल, दाल, नुन, तेल, चिउरा, चिनी, साबुन सहयोग गरेका हुन् । राहत हस्तान्तरण गर्न हेटौंडा–६ का वडा अध्यक्ष बिष्णुबहादुर दाहाल, वडा सदस्य विजय पौडेल पीडित चौलागाईंको घरमा पुगेका थिए ।

पालिका प्रेस
थप जानकारी