नेकपा माओवादी केन्द्र निकट नेपाल बुद्धिजिवी संगठनको प्रथम नगर सम्मेलनले दिनेश केसीलाई सर्वसम्मत अध्यक्षमा चुनेको छ । नेपाल बुद्धिजिवी संगठनका मकवानपुर जिल्ला अध्यक्ष दिर्घ नारायण भट्टराईको प्रमुख आतिथ्यतामा कार्यक्रम विकास घर शिखरकोटमा भएको थियो ।

संगठनको उपाध्यक्षमा रिता कार्की, सचिव बिष्णु बहादुर बस्नेत, कोषाध्यक्षमा फुल कुमार लामा, सहसचिव प्रताप सिं ब्लोन र सदस्यहरुमा निरन्जन अधिकारी, नवराज उप्रेती, मधुसूदन बिष्ट, मधुसुदन रायमाझी, मिना लामा र दिपेन्द्र राम प्रधान रहेका छन।

कार्यक्रममा संगठनका बागमती प्रदेश सदस्य मदन थापा मगर, जिल्ला सचीव बिदुर प्रसाद लामिछाने, नेकपा माओवादी जिल्ला परिषद सदस्यहरु अरुण रायमाझी, बिनायक गोले, नगर अध्यक्ष बिनोद कुमार लामा, प्रगतिशील जनस्वास्थ्यकर्मीका केन्द्रिय सदस्य चिनिया लामा, प्राध्यापक संगठनका प्रदेश सदस्य हरीकृष्ण कार्की, रिटर्नी सेन्टरका प्रदेश सदस्य यादव जंग रायमाझी, शिक्षक संगठनका नगर अध्यक्ष मनोज रायमाझी, तामाङ घेदुङका नगर अध्यक्ष दिपेन्द्र कुमार थिङलगायतका अतिथिहरुको उपस्तिथि रहेको थियो।

कार्यक्रम सम्मेलन आयोजक समिती संयोजक दिनेश केसीको अध्यक्षतामा भएको थियो ।

पालिका प्रेस
थप जानकारी