नेकपा माओवादी केन्द्र निकटको भातृ संगठन रिटर्नी सेन्टर नेपालको थाहा नगरपालिकाको विभिन्न वडाहरुमा कमिटी गठन गरिएको छ ।

रिटर्नी सेन्टर थाहाका भेला आयोजक समिती संयोजक सुजन लामाका अनुसार– थाहाको वडा नम्बर १२ मा अमृत स्याङ्तानको अध्यक्षतामा १३ सदस्यीय वडा कमिटी गठन गरिएको छ । वडा नम्बर ११ मा सुरवीर स्याङ्तानको अध्यक्षतामा ११ सदस्यीय वडा कमिटी गठन गरिएको छ। त्यस्तै वडा नम्बर ३ मा जीवन लामाको अध्यक्षतामा १५ सदस्यीय रिटर्नी सेन्टर वडा कमिटी गठन भएको छ।

वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न मुलुक गई फर्किएकालाई संगठित गर्ने उद्देश्यले रिटर्नी सेन्टर नेपाल गठन गरेको माओवादी थाहानगरले जनाएको छ । भ्रातृ संगठन प्रदेश, जिल्ला, पालिका, वडा र टोल समितिसम्म विस्तार गरिने माओवादीले जनाएको छ ।

पालिका प्रेस
थप जानकारी