
राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिले बाढी, पहिरो र डुवानबाट बढी प्रभावित विभिन्न जिल्लाका पालिकालाई विपद संकटग्रस्त घोषणा गर्न सिफारिस गरेको छ ।
गृहमन्त्री रमेश लेखक नेतृत्वको उक्त समितिको १८ असोजमा बसेको बैठकले १४ जिल्लाका विभिन्न पालिकालाई विपद संकटग्रस्त घोषणा गर्न सरकारलाई सिफारिस गरेको हो ।
प्राधिकरणले मकवानपुरसहित पाँचथर, ओखलढुंगा, उदयपुर, सर्लाही, रौतहट, सिन्धुली, चितवन, ललितपर, सिन्धुपाल्चोक, धादिङ, दोलखा, रामेछाप र काभ्रे जिल्लाका स्थानीय तहलाई संकटग्रस्त घोषणा गर्न सिफारिस गरिएको प्राधिकरण स्रोतको भनाइ छ । ति जिल्लाका सबै पालिका वा कुन कुन पालिका घोषणा हुने भन्ने विषय भने सार्वजनिक भएको छैन ।
प्रतिक्रिया दिनुहोस्