मकवानपुर थहाानगरमा रहेको ऋषेश्वर/छ्युमी झ्याङछुप क्षेत्र सरसफाई महाअभियान साउन महिनाका लागि सकिएको छ । ऋषेश्वर/छ्युमी झ्याङछुप क्षेत्र विकास समितिले साउन महिनालाई लक्षित गरी सञ्चालन गरेको महाअभियान सकिएको समितिका अध्यक्ष बिनोद कुमार लामाले जानकारी दिए ।
हिन्दु र बौद्ध धर्मावलम्वीहरुको साझा आस्थाको केन्द्र ऋषेश्वरमा साउन महिनाको प्रत्येक सोमबार भक्तजनहरुको भिड लाग्ने गरेको छ । भक्तजनहरुको उपस्थितीलाई ध्यानमा राख्दै क्षेत्र विकास समितिले ११ साउनमा नगर प्रमुख विष्णु बहादुर विष्टको प्रमुख आतिथ्यतामा सरसफाई महाअभियान शुभारम्भ गरिएको थियो । सरसफाई महाअभियानमा विभिन्न २२ संस्थाहरुको प्रतिनिधित्वमा १ सय ९० जनाले सहभागी जनाएका छन् ।
क्षेत्र विकास समितिले शुरु गरेको यो अभियानका लागि थाहा नगरपालिका, थाहा नगर प्रहरी, इलाका प्रहरी कार्यालय पालुङ, सिमभन्ज्याङ प्रहरी चौकी, एभरेस्ट क्लब दामन, शिखर क्लब शिखरकोट, सिमभन्ज्याङ/दामन/थानाबजार बजार ब्यवस्थापन समिती, ऋृषेश्वर टोल बिकास संस्था थाहा–४, दामन–सिमभन्ज्याङ–नारायणझ्याउ, अघोर–मान्द्रे टोल विकास संस्था भिमफेदी–९, पोखरी संरक्षण समिती, सिमभन्ज्याङ, ऋृषेश्वर सामुदायिक वन उपभोक्ता समूह, अघोर–महाभिर सामुदायिक बन उपभोक्ता समूह, नेपाल रेडक्रस सोसाईटी दामन उपशाखा, प्राथमिक स्वास्थ्य केन्द्र, पालङ, भोम्बो संघ मकवानपुर, फरक सोच, पालुङ जेसिस, जनकल्याण प्राबिधिक तथा साधारण मा. बि. , पालुङ क्याम्पस, ऋषेश्वर महिल खैजडी भजन समुह, राष्ट्रिय लोक चुड्का संरक्षण प्रतिष्ठान, थाहनगरलगायतको सहभागिता रहेको क्षेत्र विकास समितिका अध्यक्ष लामाले जानकारी दिए ।
ऋषेश्वर/छ्युमी झ्याङछुप क्षेत्र सरसफाई महाअभियान अन्तर्गत आउँदो भाद्र महिनाबाट पाक्षिक रुपमा शनिबार सरसफाई कार्यक्रम गर्ने अध्यक्ष लामाले जानकारी दिए । पहिलो चरणको साउन महिनामा सञ्चालन गरिएको महाअभियानमा नैतिक, आर्थिक, भौतिक सहयोग गर्ने सबैप्रति ऋृषेश्वर/छ्युमी झ्याङछुप क्षेत्र बिकास समितिले धन्यवादसहित आभार व्यक्त गरेको छ ।
































































प्रतिक्रिया दिनुहोस्