बागमती प्रदेशको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय मातहतका निर्देशनालयहरूले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि वार्षिक योजना तर्जुमा गोष्ठी तथा उत्कृष्ट कर्मचारी सम्मान कार्यक्रम सम्पन्न गरेका छन्। पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय र कृषि विकास निर्देशनालय हेटौंडाको संयुक्त आयोजनामा हेटौंडामा कार्यक्रम भएको हो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बागमती प्रदेशका कृषि तथा पशुपंक्षी विकास मन्त्री मधुसूदन मधुसुदन पौडेलले आगामी आर्थिक वर्षका लागि कार्यक्रम राम्रो र प्रभावकारी बनाइने जानकारी दिए । मन्त्री पौडेलले कृषि अनुदानलाई पूर्ण रूपमा पारदर्शी बनाइने र आगामी दिनमा किसानमुखी कार्यक्रमहरू सञ्चालन गरिने स्पष्ट पारे। आगामी बजेटमा युवा लक्षित कार्यक्रमहरू ल्याइने र कृषि कर्जाको ब्याज अनुदानलाई थप वृद्धि गरिने योजना रहेको उनले सुनाए। यसैगरी, दुध उत्पादक किसानहरुलाई प्रदेश सरकारले दिँदै आएको अनुदानलाई समेत आगामी बजेटमा थप गरिने उनले जानकारी दिए।
कर्मचारीहरूलाई ुस्थायी सरकारु को संज्ञा दिँदै मन्त्री पौडेलले जिम्मेवार भएर काम गर्न आग्रह गरे। कर्मचारी संयन्त्रले राम्रोसँग कार्यसम्पादन गरे मात्र बागमती प्रदेशको उन्नति सम्भव हुने भन्दै उनले प्रदेशको समग्र विकास र किसानको हितमा लाग्न निर्देशन दिए। गोष्ठीमा मन्त्रालय मातहतका विभिन्न जिल्ला कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो, जहाँ आगामी वर्षको योजना तर्जुमा र बजेटका प्राथमिकताका विषयमा छलफल भएको थियो।

कार्यक्रममा योजना तर्जुमाका साथै उत्कृष्ट कार्यसम्पादन गर्ने कार्यालयलाई सम्मान समेत गरिएको थियो। निर्देशनालयले अन्य कार्यालयको तुलनामा बढी वार्षिक प्रगति हासिल गरेको भन्दै पुष्प विकास केन्द्र गोदावरीलाई मेडलसहित सम्मान गरेको छ।

पालिका प्रेस
थप जानकारी