गाउँपालिकामा कार्यरत कर्मचारी र जनप्रतिनिधिको भदौ महिनाको पारिश्रमिकबाट र गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट गरी कुल ३७ लाख ४३ हजार २ सय ७३ रुपैयाँ सहयोग गरिने भएको छ ।
मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले भोटेकासी बाढी प्रभावितलाई सहयोग गर्ने भएको छ । १० भाद्रमा रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण प्रभावितहरुका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा र प्रभावित स्थानीय तहहरुलाई मकवानपुरगढीले आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।
गाउँपालिकामा कार्यरत कर्मचारी र जनप्रतिनिधिको भदौ महिनाको पारिश्रमिकबाट र गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट गरी कुल ३७ लाख ४३ हजार २ सय ७३ रुपैयाँ सहयोग गरिने भएको छ । गाउँपालिकामा कार्यरत कर्मचारीको तर्फबाट ७ लाख ११ हजार ९५८ रुपैयाँ, विद्यालय शिक्षक तथा कर्मचारीको तर्फबाट २२ लाख ८० हजार ३१५ रुपैयाँ र जनप्रतिनिधिको तर्फबाट २ लाख ५१ हजार रुपैयाँ संकलन गरिएको प्रमुख प्रशासकीय अधिकृत ई. सुदन लामिछानेले बताए ।
यसैगरी मकवानपुरगढी गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट ५ लाख रुपैयाँ सहयोग गरिने गाउँपालिका कार्यालयले जनाएको छ । कुल रकममध्ये आधा रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा र आधा रकम बाढी प्रभावित स्थानीय तहको विपद् व्यवस्थापन कोषमा हस्तान्तरण गरिने कार्यालयले जानकारी दिएको छ ।














































पालिका प्रेस 









प्रतिक्रिया दिनुहोस्