मित्रराष्ट्र चीनको तिब्बत स्वायत्त क्षेत्रको सीमावर्ती क्षेत्रबाट १० भाद्रमा आएको अप्रत्यासित बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपरासी लगायतका जिल्लाहरूमा भएको मानवीय तथा भौतिक क्षतिप्रति मकवानपुरका राजनीतिक दलहरूले गहिरो दुःख व्यक्त गरेका छन् । मकवानपुरस्थित विभिन्न राजनीतिक दलहरूले २०८३ १९ भाद्र १९ मा एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै विनाशकारी रसुवा–भोटेकोशी बाढीबाट प्रभावित नागरिकको जीवन रक्षा, खोज तथा उद्धार, राहत एवं पुनस्र्थापना कार्यलाई प्रभावकारी, समन्वयात्मक र तीव्र बनाउन राज्यका सबै संयन्त्र र राजनीतिक दलहरूबीच आवश्यक सहकार्य र एकताको अपरिहार्यतामा जोड दिएका छन् ।

विज्ञप्तिमा विपद्मा बेपत्ता भएकाहरूको सकुशल खोजि तथा उद्धारको माग गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना र मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरिएको छ । साथै, उक्त विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्न आगामी २२ भाद्र बिहान ८ः०० बजे मकवानपुरको हेटौँडास्थित बुद्ध चोकमा पुष्प अर्पण कार्यक्रम आयोजना गर्ने सर्वदलीय सहमति भएको छ ।

राजनीतिक दलहरूले उक्त कार्यक्रममा उपस्थितिका लागि जिल्लाभरका संघ–संस्था, सरकारी निकाय, नागरिक समाज, मानव अधिकारकर्मी, पत्रकार तथा उद्योग व्यवसायी लगायत सबैमा हार्दिक आमन्त्रण गरेका छन्। संयुक्त विज्ञप्तिमा राष्ट्रिय स्वतन्त्र पार्टीका संजिव पाठक, नेपाली काँग्रेसका बुद्ध लामा, नेकपा एमालेकी सिता विष्ट, नेपाली कम्युनिस्ट पार्टीका ध्र्रुव भुजेल, श्रम संस्कृति पार्टीका युनेस लामा सिंतान, राष्ट्रिय प्रजातन्त्र पार्टीका गुरु प्रसाद सापकोटा र उज्यालो नेपाल पार्टीका मिनराज तितुङले हस्ताक्षर गरेका छन् ।

पालिका प्रेस
थप जानकारी