मकवानपुर थाहा नगरपालिका वडा नम्बर २ फाँटबजारमा वडास्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । ११ असोजबाट हुने प्रतियोगिता १३ गतेसम्म सञ्चालन हुने भएको छ ।

सोल्टु युवा क्लबले आयोजना गर्ने प्रतियोगितामा सहभागी हुन सार्वजनिक सूचना जारी गरिएको छ । ९ असोज बेलुकी ५ बजेसम्म प्रतियोगिताको लागि टिम दर्ता गरिसक्नु पर्ने आयोजकले जनाएको छ । प्रतियोगिता फाँटबजार स्थित भलिबल खेल मैदानमा सञ्चालन हुनेछ ।

प्रतियोगिताको विजयी टिमले बोको पुरस्कार पाउने भएको छ भने दोस्रो हुने टिमले भाले पुरस्कार पाउने आयोजकले जनाएको छ । पुरस्कारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गर्ने कार्यक्रम छ ।

हेर्नुहोस् सूचनाः

पालिका प्रेस
थप जानकारी