हेटौंडा उपमहानगरले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेटको आकार घटाएको छ । उपमहानगरपालिकाले चालु आर्थिक वर्षको बजेटभन्दा ४६ करोड ७२ लाख २९ हजार रुपैयाँ अर्थात् १६.०७ प्रतिशत घटाएर आगामी आर्थिक वर्षको बजेट ल्याएको हो । उपमहानगरले आगामी आवको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न २ अर्ब ४३ करोड ८९ लाख ७१ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।

आन्तरिक स्रोतबाट ५३ करोड २७ लाख ९५ हजार रुपैयाँ, राजस्व बाँडफाँटबाट ६१ करोड ६५ लाख ८६ हजार रुपैयाँ, प्रदेश सरकारको विभिन्न अनुदानबाट ११ करोड १७ लाख ३९ हजार रुपैयाँ र संघीय अनुदानबाट १ अर्ब १६ करोड ५३ लाख रुपैयाँ बेहोरिने अनुमान गरिएको छ । उपमहानगरले बजेटको प्राथमिकतामा आर्थिक विकास तथा गरिबी निवारणमा प्रत्यक्ष योगदान पु¥याउने, उत्पादनमूलक तथा छिटो प्रतिफल प्राप्त गर्ने, जनताको जीवनस्तर, आम्दानी र रोजगारी बढाउने जनाएको छ । स्थानीय सहभागिता जुट्ने, स्वयम्सेवा परिचालन गरी लागत न्यूनीकरण गर्ने, स्थानीय स्रोत, साधन र सीपको अधिकतम प्रयोग हुने, महिला, बालबालिका तथा पिछडिएका क्षेत्र र समुदायलाई प्रत्यक्ष लाभ पुग्ने, लैड्डिक समानता र सामाजिक समावेशीकरण अभिवृद्धि हुने बजेटको प्राथमिकताको क्षेत्र निर्धारण गरिएको छ ।

समावेशी र दिगो विकास, वातावरण संरक्षण तथा संवद्र्धन गर्न सघाउ पु¥याउने, भाषिक तथा सांस्कृतिक पक्षको जगेर्ना र सामाजिक सद्भाव तथा एकता अभिवृद्धिमा सघाउ पु¥याउने, शिक्षा, स्वास्थ्य क्षेत्रको गुणस्तरीयता एवम् सबलीकरण, सबै प्रकारका सामाजिक विभेद अन्त्य भएको मानवताको सहर स्थापना गर्ने बजेटको प्राथमिकता रहेका छन् । उपमहानगरपालिकाको बजेटले विकासका लागि आर्थिक, सामाजिक, भौगोलिक पूर्वाधार खडा गर्ने, शासनमा सुधार र सेवा प्रवाहमा जनताको सहज पहुँच वृद्धि गर्ने, आन्तरिक क्षमता विकास र सुदृढीकरणमा जोड दिने, सन्तुलित एवम् दिगो समावेशी विकासको अवधारणालाई आत्मसात् गर्ने बजेटको उद्देश्य छ । गरिबी न्यूनीकरण तथा जनजीविकामा टेवा पु¥याउने, समृद्ध नगर सुखी नगरवासीको लक्ष्य हासिल गर्ने उद्देश्यका साथ उपमहानगरपालिकाले बजेट तर्जुमा गरेको छ ।

पालिका प्रेस
थप जानकारी