राष्ट्रिय युवा गायन प्रतियोगिताको उपाधि मकवानपुरका दीपकराज कालीराजले हात पारेका छन ्। युवा तथा खेलकूद मन्त्रालय, राष्ट्रिय युवा परिषद् सानोठिमी भक्तपुरको आयोजना र मिसन सञ्चार मल्टिमिडीया प्रालि काठमाडौंको सह–आयोजनामा संचालित प्रतियोगितामा कालिराजले उपाधि हात पारेका हुन् ।

फाइनलमा कालीराज प्रथम, धनुषाका राजा राजपुत द्वितीय र रुपन्देहीका सुरज खातीले तृतीय स्थान हासिल गर्न सफल भए । पहिलो गायन रियालीटी सोमा १६ वर्ष कटेका ४० वर्ष ननाघेका देशभरबाट आधुनिक, लोक र पप÷¥याप विधामा अभिरुची राख्ने ६५ जना युवाले आफूले गायर भिडियो पठाएका थिए । डिजिटल अडिसनमा सहभागी प्रतिष्पर्धीमध्येबाट २१ जना युवा प्रतिभालाई छनोट गरी फिजिकल अडिसन अर्थात फिजिकल प्रतिष्पर्धाका लागि राजधानी काठमाडौं बोलाइएको थियो । सोहि २१ जना प्रतिष्पर्धी मध्येबाट टप ९, टप ९ प्रतिष्पर्धीबाट टप ६, टप ६ प्रतिष्पर्धीमध्येबाट टप ३ छनोट गरी पुनःटप ३ प्रतिष्पर्धीबीच कडा प्रतिष्पर्धा गराई प्रथम, द्वितीय र तृतीय बिजेता घोषणा गरिएको हो । राष्ट्रिय युवा गायन प्रतियोगिताको डिजिटल अडिसनदेखि फिजिकल अडीसन र फाइनल राउण्डसम्म सम्पूर्ण युवा प्रतिभाको निश्पक्ष गायन क्षमता मूल्याङ्कन गर्नका लागि संगीतकार वीपी वाग्ले, लोकगायिका देवी घर्तीमगर र गायक भद्र वलीले निर्णायकको भूमिका निभाएका थिए ।

नेपाल पर्यटन वोर्डको हलमा संचालीत राष्ट्रिय युवा गायन प्रतियोगिताको समापन समारोहको अवसरमा राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र वस्नेतको अतिथ्यतामा विगत लामो समयदेखि पत्रकारिता क्षेत्रमा योगदान दिएका पत्रकारमध्ये फोटो पत्रकारितातर्फ कान्तिपुरकर्मी प्रकाशचन्द्र तिमल्सेना, पर्यटनतर्फ राससकर्मी सिबी अधिकारी, कला साहित्यतर्फ गोरखापत्रकर्मी सुकृत नेपाल, चलचित्र अनलाइन पत्रकारितातर्फ नवीन गिरी, देशप्रेम सप्ताहिककर्मी तारा सुवेदी, आलोचना साप्ताहिककर्मी गंगा बराल र स्पेश फोर के कर्मी विनिता कुँवर क्षेत्रीलाई कदरपत्रद्वारा सम्मानित गरिएको थियो ।

पालिका प्रेस
थप जानकारी