थाहा नगरपालिकाको आयोजनामा न्यायिक समितिलाई मनोसामाजिक परामर्श तथा कानुनी शिक्षा सम्बन्धी तीनदिने तालिम दिइएको छ । थाहा नगरपालीका शिखरकोट शंकर होटलको सभाहलमा आयोजित कार्यक्रममा न्यायिक समितिलेका सदस्यहरुलाई न्याय निरुपण गर्दा आइपर्ने मनोसामाजिक समस्या लाई परामर्श सहित कानुनी शिक्षा अभिवृद्धि गर्ने उदेश्यले नगरपालिका भित्र रहेका मेलमिलाप केन्द्रका संयोजक तथा सदस्यहरु र कार्यपालिका सदस्यहरुको सहभागिता थियो ।

 

थाहा नगरपालिका न्यायिक समिती संयोजक भरत गोपालीको सभाध्यक्षतामा तथा नगर प्रमुख बिष्णु बहादुर बिष्टको प्रमुख आतिथ्यतामा ३० जेठमा शुरु भएको तालिम सकिएको हो । कार्यक्रममा प्रमुख अतिथी नगर प्रमुख बिष्टले न्याय सम्पादनमा न्यायिक समिति र मध्यस्थकर्ताहरूको भुमिका एवम अधिकारको बारेमा सहजीकरण हुनुपर्नेमा जोड दिए । विष्टले कानुनको शासन, मौलिक हक तथा मानव अधिकारका मूल्य र मान्यता, लैङ्गिक समानता, समानुपातिक समावेशीकरण, सहभागिता र सामाजिक न्यायको माध्यमबाट न्यापूर्ण व्यवस्था कायम गर्दै लोककल्याणकारी राज्यको निर्माण गर्नका लागि स्थानीय नेतृत्व सबल र सक्षम हुन जरुरी रहेको औल्याए ।

न्यायिक समिती संयोजक उपप्रमुख भरत गोपालीले न्यायका लागि मेलमिलापको माध्यम उपयुक्त माध्यम भएको भन्दै यसको व्यापकता र प्रभावकारिता मेलमिलापकर्तामा निर्भर रहने बताए । मेलमिलापबाट समाधान गरिएका विवादहरु कार्यान्वयन गर्न प्रभावकारी रहने हुनाले मेलमिलाप प्रक्रियालाई नगरपालिकाले प्राथमिकता साथ अवलम्वन गर्नुपर्ने आवश्यकता रहेको बताए । थाहा नगरपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत सुचिकृत मेलमिलापकर्ता र कार्यपालिका सदस्य हरुलाई तालिमको आयोजना गरियको न्यायीक समितीका सहजकर्ता गोपी कार्कीले बताइन् ।

तालिममा प्रशिक्षक अधिवक्ताद्वय स्वरुप बन्जाडे र प्रवीण हुमागाँइले सहजीकरण गरेका थिए । समापन कार्यक्रममा थाहा नगरपालिकाका नगर प्रवक्ता हिरेन्द्र कुमार रायमाझी, सुशासन समिती संयोजक बिष्णु बहादुर गुरुङ ,वडा न ४ का अध्यक्ष नारायण लामा, न्यायिक समिती सदस्य बम बहादुर सिन्तान, अनिता बल, वडा न ३ का सदस्य कृष्ण कुमार कार्की लगायतका उपस्तिथि रहेको थियो।