थाहा नगरपालिका वडा नम्बर १ उपभोक्ता समितिलाई सम्मान गरेको छ । आर्थिक वर्ष २०८०/०८१ का लागि १ नम्बर वडाले तर्जुमा गरेको योजना समयमै सम्पन्न गर्ने उपभोक्ता समितिहरुलाई सम्मान गरिएको हो । चालु आर्थिक वर्षमा सबैभन्दा छिटो योजना सम्पन्न गर्ने उपभोक्ता समितिका पदाअधिकारीहरुलाई ३१ जेठमा वडा कार्यालयमा सम्मान तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरी सम्मान गरिएको हो । ।

वडा कार्यालयले ओखरबजार भित्री सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष सुशीला प्रधान, झम्केश्वरी विद्यालय बाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष प्रदिप प्रधान तथा कुलगाउँ शिवडाँडा गोरेटो बाटो निर्माण उपभोक्ता समितिलाई क्रमशः पहिलो, दोस्रो र तेस्रो घोषणासहित सम्मान पत्रसहित सम्मान गरिएको कार्यवाहक वडा अध्यक्ष सरोज प्रधानले जानकारी दिए।

वडास्तरबाटै समयमै काम गर्ने उपभोक्ता समितिहरुलाई सम्मान गरिँदा योजना तर्जुमासंगै कार्यान्वयन नतिजामुखी हुने प्रधानले विश्वास व्यक्त गरे । सम्मानले उपभोक्ता समितिहरुको मनोवल उच्च रहनुका साथै विकासले गति लिनका लागि उत्साह थपिने प्रधानको भनाइ छ । १ नम्बर वडामा चालु आर्थिक वर्षमा १६ वटा योजना कार्यान्वयनमा छन् ।

पालिका प्रेस
थप जानकारी