राष्ट्रिय सहकारी बैंक लिमिटेडको प्राविधिक सहयोग तथा पालुङ बहुउद्देश्यीय सहकारी संस्थाले आयोजना गरेको केयर समीक्षा कार्यक्रम थाहाको पाइनस होटलमा भएको छ ।

समीक्षा कार्यक्रम अन्तरगत सहकारीहरुलेले बनाएको वित्तीय सूचकहरूको अवस्था पहिचान गर्नुका साथै संस्थाहरुको अवस्था र सुधार गर्नु पर्ने विषयहरूमा छलफल भएको थियो । समीक्षा कार्यक्रमका सहभागीहरूले वित्तीय क्षेत्रमा देखिएको असहज अवस्थालाई सहज रूपमा अगाडि बढाउनका लागि सहकारीहरूमा भाखा नाघेको ऋणलाई कम गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

पछिल्लो समय सहकारीहरूमा भाखा नाघेको ऋण बढ्दै गएको निष्कर्षका साथ सबै सहकारीहरूले ऋण व्यवस्थामा योजनाबद्ध रूपमा अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाएका हुन् । स्तरीकरण कार्यक्रममा सहभागी संस्थाहरुमा ऋण सुरक्षण कोषमा नियमित रूपमा रकम व्यवस्थापन गर्ने, सञ्चालक समिति र कर्मचारीका लागि संस्थागत तालिम सञ्चालन गर्ने तथा परिवर्तित परिस्थिति अनुसार विनियम तथा कार्यविधि निर्माण गरी कार्यान्वयन गर्ने, परिमार्जन गर्ने प्रतिबद्धता सहभागीहरूले जनाएको पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका मुख्य व्यवस्थापक प्रकाश पौडेलले बताए ।

प्रमुख अतिथी थाहानगर प्रमुख बिष्णु बिष्टले कार्यक्रमको शुभारम्भ गर्दै बिष्टले सहकारीहरूको आन्तरिक स्वास्थ्य परीक्षण गरी संस्थालाई स्वस्थ बनाउनका लागि स्तरीकरण कार्यक्रमले सहयोग गर्ने भएकाले सहकारीहरूले ध्यान दिनु पर्नेमा जोड दिए । राष्ट्रिय सहकारी बैंकको प्राविधिक सहयोगमा केयरमा आबद्ध संस्था पालुङ बहुउद्देश्यीय सहकारी संस्थाले आयोजना गरेको कार्यक्रममा चाइना ट्रेड बहुउद्देश्यीय न्युरोड काठमाडौ,हिलटप जुनार बहुउद्देश्यीय तिनकुने काठमाडौ,नारायणी बहुउद्देश्यीय सहकारी हेटौंडा, स्वतन्त्र बचत तथा ऋण काठमाडौ, अन्नपूर्ण बहुमुखी सहकारी काठमाडौ र पालुङ बहुउद्देश्यीय सहकारी थाहानगरको सहभागिता रहेको थियो।

कार्यक्रम केयरमा आबद्ध पालुङ बहुउद्देश्यीय सहकारी संस्था लि का अध्यक्ष कृष्ण बहादुर बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा थाहा नगर प्रमुख बिष्णु बिष्टको प्रमुख आतिथ्यता तथा राष्ट्रिय सहकारी बैंकका संचालक धुर्व बहादुर बिष्ट,राष्ट्रिय सहकारी बैंकका बागमती प्रदेश प्रमुख रामेश्वर अर्याल, जिल्ला सहकारी संघ मकवानपुरका कोषाध्यक्ष बिमल कुमार ढकाल, पालुङ बहुउद्देश्यीयका पुर्व अध्यक्ष पुरुषोत्तम कार्की संस्थाका संचालक समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

संस्थाका सह व्यवस्थापक राम प्रसाद ढकालको संचालन तथा उपाध्यक्ष अरुण रायमाझीले स्वागत गरेको कार्यक्रममा प्रदेश राष्ट्रिय सहकारी बैंकका सदस्य सेवा महाशाखा प्रमुख रामबाबु आचार्य, कार्यक्रम प्रमुख नवकुमार अधिकारीले सहजिकरण गरेका थिए ।

पालिका प्रेस
थप जानकारी