पालिका प्रेस डटकममा प्रकाशित समाचार पढ्नका साथै सुन्न पनि पाइने भएको छ । नेपालका स्थानीय सरकार (पालिका) केन्द्रित रही सञ्चालनमा रहेको पालिका प्रेस डटकमले ५ मंसिरबाट अनलाइनमा प्रकाशित समाचार सुन्न पनि मिल्ने फिचरको परीक्षण थालेकोे छ ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ मा कार्यालय रहेको पालिका प्रेसले आफ्ना पाठकहरुलाई लक्षित गर्दै समाचार सुन्न मिल्ने फिचर राखेको सम्पादक मणीराज थापाले जानकारी दिए । ‘अहिलेको समयमा समाचार पढ्नसम्म नभ्याउने व्यस्थता हुने पाठकहरुले अनलाइनको प्ले बटन (समाचार सुन्नुहोस्) मा क्लिक गरेर चाहेको समाचार सुन्न सक्नुहुनेछ’–सम्पादक थापाले भने–‘पढ्न नसक्ने पाठकहरु समेत यस सेवाबाट लाभान्वित हुन्छन् ।’ अनलाइन पत्रकारितामा मकवानपुरमै पालिका प्रेसले सुन्ने फिचर सहितकाे पहिलो अभ्यास गरेको सम्पादक थापाको भनाइ छ ।
पालिका प्रेस डटकम पालिका प्रेस प्रा.लि.द्वारा सञ्चालित यस अनलाइन हो । अनलाइनलाई समय सापेक्ष परिस्कृत गर्दै पढ्ने, सुन्ने र हेर्ने तीनवै माध्यम मार्फत आफ्ना पाठकहरु समक्ष पुग्ने योजना रहेको सम्पादक थापाले बताए । यस अनलाइनमा प्रकाशित पाठकले चाहेको समाचार सुन्न सकिने छ । यसका लागि समाचारको ‘हेटलाइन’देखि तल ‘समाचार सुन्नुहोस्’ भन्ने फिचर थपिएको छ । उक्त फिचरमा क्लिक गरेर समाचार सुन्न सकिन्छ ।



















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्