नेपाली काँग्रेस मकवानपुरले थाहा नगरपालिकामा ‘समुदायमा काँग्रेस’ अभियानका सञ्चालनका लागि वडा प्रतिनीधिहरु छनोट गरेको छ । नेपाली काँग्रेले प्रत्येक वडामा यहि माघ १६ देखि २६ गतेसम्म ‘समुदायमा काँग्रेस’ अभियान सञ्चालन गर्दैछ ।
जिल्ला कार्यसमितिले थाहा नगरपालिकाको १२ वटै वडामा प्रतिनीधि खटाएको थाहानगर सभापति प्रमोदकृष्ण जोशीले जानकारी दिए । सभापति जोशीका अनुसार वडा नम्बर १ मा योगेन्द्रमान श्रेष्ठ, २ मा बिर्जुलाल थिङ, ३ मा नवराज कार्की, ४ मा भिमबहादुर भोम्जन, ५ मा दिपक गोपाली, ६ मा गुरुप्रसाद दाहाललाई प्रतिनीधि तोकेको छ । त्यस्तै वडा नम्बर ७ मा ईश्वरनाथ पौडेल, ८ मा रामचन्द्र थिङ, ९ मा राजेन्द्र बिडारी, १० मा राममाया केसी, ११ मा नवराज लामा र १२ सुनमाया भोम्जनलाई प्रतिनीधि तोकिएको हो ।
जिल्ला समितिले तोकी पठाएका प्रतिनीधिहरुलाई वडा सभापतिहरुसंग समन्वय गरेर ‘समुदायमा काँग्रेस’ अभियान सञ्चालन गर्न भनिएको छ । अभियानमा वडा कार्यसमितिका पदाधिकारीहरु, सदस्यहरु र कृयाशिल सदस्यहरु तथा भातृसंस्थाका पदाअधिकारीहरुलाई सहभागिता जनाउन जिल्ला समितिले अनुरोध गरेको छ । मकवानपुरको १ सय २ वटै वडामा अभियान व्यवस्थितकासाथ सञ्चालन हुने नेपाली काँग्रेस मकवानपुरले जनाएको छ ।


















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्