थाहा नगरपालिका वडा नम्बर ३ मा रहेको जनकल्याण माविले विद्यालयको ५६ औं वार्षिकोत्सवको अवसर पारेर पुर्व विद्यार्थीहरुसंग अन्तरक्रिया गर्ने भएको छ । ‘जनकल्याण माविको विगत, वर्तमान र भविष्य बिषयक’ अन्तरक्रिया कार्यक्रमको आयोजना गर्न लागेको हो ।
विद्यालयले माघ १९, २० र २१ गते तीन दिन भव्यताको साथ वार्षिकोत्सव मनाउन लागेको हो । वार्षिक उत्सवका लागि मुल आयोजक समिती समेत गठन गरेको प्रधानाध्यापक सानोभाइ कार्कीले जानकारी दिए । कार्कीका अनुसार–‘विद्यालयको पुर्व विद्यार्थीहरुको सकारात्मक भुमिकालाई उच्च सम्मान गर्दै २० माघमा पूर्व विद्यार्थीहरुसंग अन्तरक्रिया कार्यक्रम सहित १९ माघमा थाहा नगरस्तरीय अन्तर प्रावि सामुहिक नृत्य प्रतियोगिता समेत राखिएको छ ।’
वार्षिकोत्सव भव्य र सभ्य रुपले संचालन गर्न तथा अन्तरक्रिया कार्यक्रममा उपस्थिति हुन प्रधानाध्यापक कार्कीले पूर्व विद्यार्थीहरुलाई आग्रह गरेका छन् । मकवानपुरको उत्तरीक्षेत्रको पुरानो विद्यालयको रुपमा परिचित जनकल्याण माबिको २०२५ सालमा स्थापना भएको हो । जनकल्यणले यसअघि विद्यालयले आफ्नो स्वर्ण जयन्ती समेत मनाइसकेको छ ।


















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्