बोधिचर्य फाउन्डेशनद्वारा आयोजित तीनदिने बृहत शान्ति तथा ध्यान शिविर १९ माघबाट सकिएको छ । शिविर माघ १७ देखि जेसीज हलमा संचालन भएको थियो।

शान्ति तथा ध्यान सिविरमा थाहानगर भित्रका विभिन्न विद्यालयका शिक्षक र विद्यार्थीहरु गरि ६ सयले सहभागीता जनाएको बोधिचर्य फाउन्डेसन मकवानपुरका अध्यक्ष पवन लामाले जानकारी दिए । भारतको मैसुरबाट आएका गुरुहरु खेन्पो पेमछेरिङ, खेन्पो ग्यालजेन तामाङ र खेन्पो टासीदोर्जे तामाङले ध्यान सिविरमा सहजीकरण गरेका थिए ।

शिविरमा सहभागी विद्यालय तथा स्थानीयलाई फाउन्डेशनका अध्यक्ष पवन लामाले धन्यवाद दिए ।

पालिका प्रेस
थप जानकारी