थाहा नगरपालिका वडा नम्बर ३ र ६ निवासी आगलागी पीडित २ परिवारलाई नेपाल रेडक्रस सोसाईटी दामन उपशाखाले राहत उपलव्ध गराएको छ । १९ माघमा थाहा ६ कि सुष्मा सिन्तानको घरमा आगलागी हुदाँ घर पूर्ण रुपमा क्षति हुन पुगेको थियो भने थाहा ३ दम्किका बिनोद केसीको गोठमा ३ फागुनमा आगलागी भएको थियो।

यसैवीच पीडित परिवारलाई राहत स्वरुप रेडक्रसले पीडितहरुलाई रेडक्रस दामन उपशाखाको कार्यालयमा १० फागुनमा त्रिपाल, भाडावर्तन लगायतका राहत सेट सामग्री उपलव्ध गराईएको दामन रेडक्रस सचिव राजाराम रायमाझीले बताए । ती राहत सेट रेडक्रस सभापति मनश्याम बस्नेत, कोषाध्यक्ष यादव जंग रायमाझी र सदस्य शकुन्तला गोपालीले हस्तान्तरण गरेका थिए ।

पालिका प्रेस
थप जानकारी