नेकपा एमाले निकट अखिल नेपाल महिला (अनेम) संघ थाहा नगरपालिका वडा नम्बर १ वडा कमिटीको अध्यक्षमा कल्पना लामिछाने चुनिएकी छिन् ।
८ चैतमा भएको अनेमसंघको वडा भेलाले लामिछानेको अध्यक्षतामा ११ सदस्यीय कमिटी गठन गरिएको हो । नगर कमिटी अध्यक्ष सुमित्रा केसीको प्रमुख आतिथ्यतामा भएको भेलाले उपाध्यक्षमा सुनिता माया लामा, सचिवमा आस्मा श्रेष्ठ, कोषाध्यक्षमा सुमिता तामाङ सुनिएकी छिन् ।
सदस्यहरुमा फुलमाया गोले, मञ्जु तामाङ, मंगली बल, सुन्तली तामाङ, बिष्णुमाया तामाङ, चन्द्रावती थिङ र लक्ष्मी लामिछाने सर्वसम्मत भएका छन् ।
प्रतिक्रिया दिनुहोस्