नेपाल विद्युत प्राधिकरणले सडक बत्तीको महसुल नतिरेको भन्दै स्थानयि तहहरुलाई जुनसुकै बेला बत्ती काटिदिन सक्ने चेतावनी दिएको छ ।  आज प्राधिकरणले सूचना जारी गर्दै पटक–पटकको ताकेता गर्दापनि कतिपय स्थानीय तहले सडक बत्तीको महसुल नबुझाएको भन्दै लाइन काट्ने चेतावनी दिएको हो ।

प्राधिकरणले यसअघि १६ चैतमा पनि सडक बत्तीको महसुल बुझाउन ताकेता गरेको थियो ।

यो ताकेतापछि उपत्यका र बाहिरका कतिपय पालिकाले किस्तामा रकम तिर्ने प्रतिवद्धता जनाएका छन् भने कतिपयले बक्यौता तिरेका छन् ।

पालिका प्रेस
थप जानकारी