हेटौंडा–काठमाडौं जोड्ने छोटो दुरीको कुलेखानी–मातातीर्थ सडकखण्ड वैशाखभर बन्द हुने भएको छ । स्तरोन्नतिका लागि हेटौंडा– कुलेखानी–महालक्ष्मी दोभान– घट्टेखोला–चखेल–मातातीर्थ सडक वैशाख मसान्तसम्मका लागि बन्द गरिने भएको हो ।

मकवानपुर र काठमाडौँ दुवैतर्फ स्तरोन्नतिको काम भइर हेकाले सडक बन्द गरिएको हो । स्तरोन्नतिसहित कालोपत्रे गर्न वैशाख १० गतेबाट ३१ गतेसम्मका लागि कुलेखानी–महालक्ष्मी दोभान– घट्टेखोला–चरखेल–मातातीर्थ सडक बन्द रहने इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–५ को कार्यालयले जनाएको छ । महालक्ष्मी दोभान– घट्टेखोला–चखेल–माततीर्थ सडक अन्तर्गत मकैवारीदेखि माततीर्थसम्म सडकखण्डमा बेस बिछ्याउने र कालोपत्रे गर्ने काम भइरहेको इन्द्रसरोवर–५ का वडाध्यक्ष दुतराज तितुङले बताए । या सडकखण्डमा कालोपत्रेलगायत सडक स्तरोन्नतिको कार्य भइरहेकोले वैशाख ३१ गतेसम्मका लागि सडक बन्द गरिएको उनले बताए । उनका अनुसार काठमाडौंको चन्द्रागिरि नगरपालिका–८ को कार्यालयले पनि सडक बन्द गरेको छ ।

सतुंगल–मातातीर्थ– देउराली–कुलेखानी सडकअन्तर्गत पूर्वाधार विकास कार्यालय, ललितपुर मार्फत् निर्माण कार्य गर्न सडक बन्द गरिएको हो । यो सडकमा सवारीको चाप अत्यधिक भई निर्माण कार्य गर्न असहज भएको भन्दै पूर्वाधार विकास कार्यालयले पूर्णरुपमा बन्द गराई सहजीहरण गर्न आग्रह गरेको थियो । सोही अनुसार वैशाख ३० गतेसम्मका लागि बन्द गरिएको उनको भनाई छ । यसअघि निर्माणाधीन महालक्ष्मी दोभान–घट्टेखोला–चखेल मातातीर्थ सडक नयाँवर्षको अवसरमा खुला गरिएको थियो । इन्द्रसरोवरको मार्खु–कुलेखानी क्षेत्र पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको भन्दै नयाँवर्षको अवसरमा पर्यटकलाई आवतजावतमा सहजताका लागि खुला गरिएको हो ।

पालिका प्रेस
थप जानकारी