कुलेखानी जलाशयमा पानीको सतह घटेकाले ड्यामको ढोका बन्द गरिएको छ । जलाशयमा अहिले पानी संकलन गर्ने कार्य भइरहेको छ । जलाधार क्षेत्रमा वर्षा कम भएको र ड्यामको ढोका खोलेर सतहको पानी डिस्चार्ज गरेर जलाशय सतह सामान्य अवस्थामा आएकाले ड्याम ढोका शनिबार बेलुकादेखि नै बन्द गरिएको कुलेखानी प्रथम जलविद्युत् आयोजनाका प्रमुख तारादत्त भट्ट जानकारी दिए । आइतबार बिहान ७ बजे कुलेखानी जलाशयमा १ हजार ५ सय २८ दशमलव ३८ सेन्टिमिटर पानीको सतह रहेका छ । जलाशयमा अहिले प्रतिघण्टा ५ सेन्टिमिटर पानी संकलन हुने गरेको आयोजनाका एक प्राविधिकले बताए ।
जलाशयको पानी खपत गर्ने उद्देश्यले कुलेखानीका तीनवटै आयोजना २४सै घण्टा सञ्चालन गरिएको छ । जलाधार क्षेत्रमा व्यापक वर्षा भएकाले ड्यामको सुरक्षार्थ शनिबार विहान ५।४०मा २ वटा ढोका खोलेर पानी पानी डिस्चार्ज गरिएको थियो । कुलेखानी जलाशयको २ वटा ढोका साढे ४ मिटर खोलिएको थियो । जलाशयको सतह कम भएपछि ड्यामको ढोका लगााइएको हो ।
जलाशय भरिएर ओभरफ्लो हुँदा समेत १ हजार ५३१ मिटर पुगेको थियो । कुलेखानी ड्याम खोलेका कारण इन्द्रसरोवर गाउँपालिका(३ सिस्नेरीमा प्रहरी चौकी भवनसहित २ दर्जन घर बगायो ।
कुलेखानी प्रथमवाट ६० दोस्रोबाट ३२ र तेस्रोबाट १४ गरी १०६ मेगावाट विद्युत् उत्पादन हुने गर्छ । कुलेखानी जलाशयमा संकलन गरेको पानीवाट तीनवटै आयोजनाले विद्युत् उत्पादन गर्छन । ३ सय मिटर चौडाइ र सात किलोमिटर लम्बाइ रहेको कुलेखानीको जलाशयको मार्खु क्षेत्रको तल्लो भाग जलाशयको पानीले ढाकिसकेको छ । कुलेखानी नेपालको ठूला योजनामध्ये एक जलविद्युत् उत्पादन गृह हो ।















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्