मकवानपुरको थाहानगरपालिका स्थित दामनमा रहेको वर्षा मापन केन्द्रले ३१ वर्षपछि ‘रेकर्ड ब्रेक’ गरेको छ । जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेको वर्षा मापन केन्द्रहरुको विवरण अनुसार दामनले पनि ‘रेकर्ड ब्रेक’ गरेको हो ।
वर्षा मापन केन्द्र दामनको रिपोर्ट अनुसार १२ असोजमा मापन गरिएको २४ घण्टाको वर्षा ४१० मिमि मापन गरिएको छ । दामनमा यसअघि २० जुलाई १९९३ अर्थात २०५० साल साउन ५ गते ३७३.२ मिमि वर्षा मापन भएको थियो ।

विभागले १४ जिल्लाका २५ वटा केन्द्रमा ‘रेकर्ड ब्रेक’ वर्षा मापन जनाएको छ । काठमाडौंको पानीपोखरी, त्रिभुवन विमानस्थल, बुढानीलकण्ठ, जितपुरफेदी र नागार्जुन, ललितपुरको गोदावरी, खुमलटार, टीकाथली, खोकना, चापागाउँ र भक्तपुरको नखेल वर्षामापन केन्द्रले २४ घण्टा अवधिको वर्षाको पुरानो रेकर्ड तोडिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभाग अन्तर्गतको हावापानी विज्ञान महाशाखाका अनुसार अर्घाखाँचीको सन्धिखर्क, चितवनको गोविन्दबस्ती, धादिङको गजुरी, झापाको चन्द्रगढी विमानस्थल, काभ्रेको खोपासी, पाँचखाल र धुलिखेलमा पनि रेकर्डब्रेक वर्षा भएको छ । त्यस्तै मकवानपुरको दामन, नुवाकोटको ककनी, पाल्पाको बल्ड्याङगढी, पाँचथरको फिदिम, सिन्धुपाल्चोकको बाहुनेपाटी र तनहुँको सखर तथा खैरेनीटारको वर्षामापन केन्द्रमा पनि अहिलेसम्मको धेरै वर्षा रेकर्ड भएको छ ।
१२ असोजमजा काठमाडौं उपत्यकाका ९ केन्द्रको वर्षाको रेकर्ड तोडिएको सार्वजनिक भएको थियो । जल तथा मौसम विज्ञान विभागले १३ असोजमा थप १६ केन्द्रको रेकर्ड ब्रेक वर्षाको विवरण सार्वजनिक गरेको हो ।
















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्