संघीय राजधानी काठमाण्डौं भित्रने जोड्ने सबै नाका बन्द भैरहेको बेला चित्लाङ–चन्द्रागिरी–थानकोट सडक (गणेशमानसिं मार्ग) मा यातायात सुचारु भएको छ । अब पालुङ हुँदै चित्लाङबाट काठमाण्डौ जान आउन सकिने भएको छ ।

सो सडक खण्डको थानकोट तर्फको पानीघाट क्षेत्रमा गएको पहिरो र हिलो पन्छाएपछि १३ असोज बेलुकी साँढे सात बजेटबाट यातायात आवागमन शुरु भएको हो । अवरुद्ध सडक खुलाउनका लागि थाहा नगरपालिका, चन्द्रागिरी नगरपालिका सडक विभागलगायतका निकायहरुले पहल गरेका थिए ।

सडक खुलाउनका लागि थाहा नगरपालिका क्षेत्रका स्थानीयहरु समेत खटिएका थिए ।

पालिका प्रेस
थप जानकारी