मकवानपुर र मकवानपुरेलाई देशविदेशसम्म पहिचान दिलाएको भन्दै हिमालयन राइडर्स सोसाइटीले ६ जनालाई सम्मान गरेको छ । सोसाइटीका ६ जना सदस्यमध्य ३ जनाले मेचीमहाकाली साइकल यात्रा गरेको र ३ जना तेस्रो अन्तराष्ट्रिय माउन्टेन क्रस कन्ट्री रेस २०८१ मा सहभागी भएका थिए ।
जिल्लाको पहिचान दिन पु¥याएको योगदानको कदर गर्दै शनिबार भुटनदेबी मन्दिरमा आयोजित कार्यक्रममा सम्मान गरिएको हो । कृष्णप्रसाद आचार्य, पृथ्बी रायमाझी र बरुण खतिवडाले मेची–महाकाली साइकलयात्रा एकसाता अघि सम्पन्न गरेका थिए । पोखरा तेस्रो अन्तराष्ट्रिय माउन्टेन क्रस कन्ट्री रेस २०८१ का सहभागी सीता श्रेष्ठ, हरिराम राई, आशिष थापामगर सहभागी भई उत्कृष्ठ प्रदर्शन गरेका थिए ।
भुटनदेबी मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष राममान श्रेष्ठको प्रमुखआतिथ्यमा भएको कार्यक्रममा पिएम सेन्टरका संचालक तथा मकवानपुरका संगीतकार प्रमेन्द्र महर्जन, पतान्जली योग समिति मकवानपुरका सदस्य तथा हिमालयन राइडर्स सोसाइटीका अध्यक्ष राजु थापामगर, संस्थापक अध्यक्ष चेतनाथ आचार्य, कोषाध्यक्ष लक्ष्मीचरण श्रेष्ठ, सदस्य देवराज आचार्यलगायतको सहभागिता रहेको थियो ।



















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्