मकवानपुरको थाहा नगरपालिका–८ को आकाशे फाँटनजिक एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । मकवानपुरकै कैलाश गाउँपालिका–५ कटहरेका अन्दाजी ६१ वर्षीय ढल्के लामाको शव आकाशे फाँटको कुलोमा मृत अवस्थामा फेला परेको इप्रका पालुङका प्रहरी निरीक्षक सविनबाबु अर्यालले बताए ।

थाहा नगरपालिका–८ मोरियातर्फ जाँदै गर्दा लामाको लडेर मृत्यु भएको हुन सक्ने स्थानीयबासी बद्री थापाले बताए ।

८  मंसिर बेलुका उनलाई गाउँका मानिसले देखेका थिए । उनी अत्यधिक मादक पदार्थ सेवन गरेर यताउता गर्दै हिँडेको र त्यत्तिकैमा लडेर उनको मृत्यु भएको एक स्थानीयले बताए ।

पालिका प्रेस
थप जानकारी