मकवानपुर थाहानगरमा क्रियाशील पालुङ जेसीजको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत ११ मंसिरमा न्यानो कपडा वितरण गरिएको छ ।
पालुङ जेसीजका अध्यक्ष निरज रायमाझीले दिएको जानकारी अनुसार नगरको वडा नम्बर ३ का बिपन्न हरी बहादुर गोपाली, श्रीजना बस्तिका विपन्न दलित राजकुमार सुनार, थाहा ४ शिखरकोटकी विपन्न महिला चिनीमाया नेपाली, थाहा ४ धारापानीकी सुन्तली बिक र थाहा २ पालुङका बैकुण्ठ श्रेष्ठलाई न्यानो कपडा वितरण गरिएको हो।
पालुङ जेसीजका निवर्तमान अध्यक्ष संगम कार्कीको हजुरबुबा हजुरआमा कृष्ण–ताराको सम्झनामा न्यानो कपडा वितरण गरिएको कार्यक्रम संयोजक अजय कार्कीले जानकारी दिए । कार्यकारिणी उपाध्यक्ष एवम् जेसीज सप्ताह मूल कार्यक्रम संयोजक मानसिं दोङ, उपाध्यक्ष एवम् सह–मूल कार्यक्रम संयोजक नारायण कार्की, उपाध्यक्ष स्मिता बिष्टलगायत बोर्डका पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्