उनले प्रहरीलाई लेखेको पत्रमा भनिएको छ, ‘ग्रामथान गाउँपालिका वडा नं. २ अन्तर्गतका विभिन्न नहर, सडक लगायतका सार्वजनिक स्थलबाट गैरकानूनी रूपले माटो उत्खनन् भइरहेको भन्ने जनगुनासो आएको तथा गाउँपालिकाबाट अनुगमन गर्दा समेत उत्खनन् भएको पाइएकोले त्यस प्रकारको गैरकानूनी उत्खनन् कार्य रोकी उत्खनन् कार्यमा संलग्न सवारीसाधनहरू नियन्त्रणमा लिई दिनुहुन अनुरोध छ।’

तर, पुस ११ मा अध्यक्ष माझीले प्रहरीलाई पत्र किन लेखेको कारण पेश गर्न भन्दै प्रशासकीय अधिकृतलाई पत्र लेखेका हुन्।
अध्यक्षले मागेको स्पष्टीकरण पत्रमा भनिएको छ, ‘यस ग्रामथान गाउँपालिकाबाट मिति २०८१/०९/०८ गतेको दिन चं. नं. १०१५, मिति २०८१/०९/०८ को गैरकानूनी उत्खनन् कार्य रोक्का गर्ने सम्बन्धमा प्रहरी चौकी, झोराहाटलाई काटिएको पत्र के-कति कारणले काटिएको होरु स्पष्ट खुलाई दिन हुन जानकारीको लागि अनुरोध छ।’


















































पालिका प्रेस 













प्रतिक्रिया दिनुहोस्