मकवानपुरको इनद्रसरोवर गाउँपालिकाले पालिका क्षेत्रका सबै विद्यालयमा ३० असार एक दिन सार्वजनिक विदा दिएको छ ।

निरन्तर वर्षा भइरहेको र वर्षाका कारण बाढी पहिरो तथा सडक, बाटो अवरुद्ध हुन सक्ने र संभावित घटनालाई मध्येनजर गर्दै सार्वजनिक विदा दिइएको गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ ।

सार्वजनिक विदा पालिका क्षेत्रका सामुदायिक तथा संस्थागत सबै विद्यालयमा लागू हुने सुचनामा उल्लेख छ ।

पालिका प्रेस
थप जानकारी