क्रिश्चियन धर्मावलम्बीको महानपर्व क्रिस्मसको अवसरमा मकवानपुरको दुई गाउँकंपालिकाले तीन दिन सार्वजनिक सार्वजनिक विदा दिएका छन् । मकवानपुरको राक्सिराङ र कैलाश गाउपालिकाले १ण्, ११ र १२ पुसमा सार्वजनिक बिदा दिइएको हो ।

डिसेम्बर २५ अर्थात क्रिश्चियन धर्मावलम्बीको क्रिस्मस परेकोले गाउँपालिकाले डिसेम्बर २५–२७ मा सार्वजनिक बिदा दिएको हो । डिसेम्बर २५ मा नेपाल सरकारले बिदा दिएको छ भने २७ तारिक शनिबार हो । राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल र कैलाश अध्यक्ष लोकबहादुर मुक्तानद्वारा हस्ताक्षरित विज्ञप्तीमा बिदा दिने नर्णय गरेको जनाइएको छ ।

गाउँ कार्यपालिका बैठकले क्रिस्मसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको जनाईएको छ ।

पालिका प्रेस
थप जानकारी