तामाङ समुदायको साँस्कृतिक पर्व मन्जुश्री सम्वत् २८६२ (ता ल्हो, घोडावर्ग) सोनाम ल्होछारको अवसरमा मकवानपुरको चार पालिकाले सार्वजनिक विदा दिएका छन् ।

राक्सिराङ गाउँपालिकाले दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । ल्होछारको अवसरमा गाउँपालिका अध्यक्ष राजकुमार मल्लले शुभकामना सन्देश जारी गर्दै माघ ४ र ५ गते दुई दिन गाउँपालिका भित्र सार्वजनिक विदा दिने निर्णय गरेका हुन् ।

कैलाश गाउँपालिकाले पनि तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होसारको अवसरमा शुभकामना व्यक्त गर्दै गाउँपालिकाभित्र दुईदिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । पूर्वी मकवानपुरको बकैया गाउँपालिकाले सोनाम ल्होछार पर्वको अवसरमा तीनदिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाले ३० पुसमा जारी गरेको सूचनामा माघ ३, ४ र ५ गते स्थानीय बिदा दिने भएको हो ।

त्यस्तै मनहरी गाउँपालिकाले पनि सोनाम ल्होसारको अवसरमा एक दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

यो अवधिमा गाउँपालिका अन्तर्गतका सबै सरकारी कार्यालय, शैक्षिक संस्था, सार्वजनिक संघसंस्था तथा बैंक तथा वित्तीय संस्था बन्द रहनेछन् । ‘सोनाम ल्होसारले सकारात्मक सोच, अनुशासन र परि श्रममार्फत समृद्ध समाज निर्माण गर्न सबैलाई प्रेरित गरोस् भन्ने पालिकाहरुले कामना गरेका छन् ।

पालिका प्रेस
थप जानकारी